चलचित्र छक्का पन्जा ३ अष्ट्रेलियामा प्रदर्शन

0

चलचित्र छक्कापन्जा ३ ले प्रवासमा रहेका नेपाली चलचित्रप्रेमी दर्शकहरुकोसामु पनि आफ्नो उपस्थिति राम्रो प्रभाव बनाएको छ । कमेडिमा निर्माण भएको यो चलचित्रको हास्यसँगै सामाजिक ब्यंग्यलाई पनि दर्शकद्वारा मनपराइएको छ । यो चलचित्रले ब्यवसायिक पक्षको आफ्नो राम्रो सफलताका साथ अगाडि बढाइरहेको देखिछन् ।
अहिलेसम्मकै अष्ट्रेलियामा सर्वाधिक रकममा बिक्री भएको चलचित्र छक्का पन्जा ३ ले प्रदर्शनको यात्रालाई पनि सफलताका साथ अगाडि बढेको देखिछन् । । ओएशिस एजुकेशनको प्रस्तुतिमा कमेरो इभेन्टस र रगडेल ब्वायजले यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याएको हो । यो दशै  सम्म चलचित्र  सिड्नीमा मात्र ९ शो भैसकेको छ भने पनि दर्शक भिरको कारण शो थप्नु परेको थियो । यही अनुसार माग बढ्दै जाने हो भने अन्य शोहरू पनि थपिने आयोजकहरूको भनाई छ ।
हिन्दुहरूको महान चाड दशैको अवसरमा अष्ट्रेलियामा बसोबस गर्दै आएका परिवार ले आफन्तजनलाई भेट्न आएका अभिभावक सँग पनि यो चलचित्र हेर्न सिड्नीमा बाक्लै उपस्थिति देखियो । दीपाश्रीको निर्देशनमा कलाकार दिपक राज गिरि, प्रियाका कार्की,दिपिका प्रसाई,जितु नेपाल, केदार घिमिरे, स्वस्तिमा खड्का, बर्षा रावत, कलाकारहरूको बेजोड अभिनय रहेको छ । यो फिल्मले दर्शकहरूको मन जित्न सफल भएको छ ।