अनमोल केसीको ‘क्याप्टेन’ रिलिज मिति घोषणा, नवनायिका पासना सिंह ठकुरी र प्रियंका एमभी

0

 

चलचित्र ‘क्याप्टेन’को रिलिज मिति घोषणा गरिएको छ ।

नायक अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ फागुन १७ गतेदेखि देशभरिको सिनेमा हलहरुमा आउने पक्का भएको छ ।

नायक अनमोल खेलाडीको भूमिकामा देख्न सकिन्छ ।

दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र नायक अनमोलका साथमा नव नायिका पासना सिंह ठकुरी र प्रियंका एमभीको भूमिका रहेको छ । सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्र निर्माता सुपरस्टार नायक भूवन केसी हुन् ।