आज आईतबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार २ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार ५८ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य बढेर आज ५९ हजार २ सय रुपैयाँ पुगेको हो।
त्यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय रुपैयाँ रहेको छ।
शुक्रबार तेजावी सुन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि जाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।