‘ड्रिम गर्ल’ मंसिर ७ गते

0

 

चलचित्र ‘ड्रिम गर्ल’को रिलिज मिति पुनः सारेको छ ।

ऋषिराज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्र ‘ड्रिम गर्ल’ अब मंसिर ७ गते नयाँ रिलिज तय गरेको छ । असार २९, असोज १९ हुदै प्राविधिक कारण देखाउदै चलचित्र मंसिरमा पुगेको हो ।

पछिल्लो रिलिज चलचित्रबाट फ्यान फलोअर्स निकै राम्रो बनाएका आकासको अपोजिटमा आश्मा गिरि प्रस्तुत भएकी छिन् । साथमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितको मुख्य भूमिका रहेको छ ।

निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल निर्माताको रुपमा रहेको चलचित्र आरबि मुभीजको ब्यानरमा बनेको छ ।