सिटिजन्स बैंकद्वारा डोटीमा नगद वितरण

0

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेगिबार इन्टरनेशनलको सहकार्यमा नगद वितरण गरेको छ ।

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पु¥याँउदै आएको यस बैंकले स्थानीय बाटो निर्माण गरे वापत ‘कामका लागि नगद’ वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।

डोटीजिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाउँ, खिरसेन र काडामाण्डु गाविसमा बैंकले ३ हजार ६ सय ३३ परिवारलाई नगद ५ करोड १७ लाख ७६ हजार ८ सय ३५ रुपियाँ वितरण गरेको हो । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ ।्

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैंभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ३ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।