दुई वर्षपछि एकसन–कट ! चलचित्र निर्देशन दिपेन्द्र लामाले ‘गोपी’को छायांकन शुरु गरिएको छ ।
लामाको निर्देशन रहेको ‘गोपी’ आजबाट छायांकन थालिएको हो । लामाले आफ्नो फेसबुकमा स्टाट्समा फोटो राख्दै सार्वजनिक गरिएको हो ।
फिल्ममा लिड क्यारेन्टर खगेन्द्र लामिछानेले छायांकन शुरु हुने केही दिनमा हात झिकेका थिए भने अर्का नायिका वर्षा शिवाकोटीले पनि फिल्मबाट हात झिकेका थिए । निर्माण टिमले यी दुई स्थानमा विपिन कार्की र वर्षा राउतलाई लिएर तोकिएकै समयमा छायांकन थालेको हो ।
चलचित्रमा विपिन र वर्षाका अलावा, सुरक्षा पन्त, अंकित खड्का, भोला सपाकोटा, रमेश अधिकारी, सरोज अर्यालको अभिनय रहेको छ ।
चलचित्रको कार्यकारी निर्माता श्रीधर पौडेल रहेको छ भने फिल्मको छायांकन शैलेन्द्र डि कार्कीले गरिएको छ । संगीत न्ह्यू वज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंह रहेको छ भने विप्लव प्रतीक र बुद्धिसागरको गीत रहेको छ ।
चलचित्र चैत १५ बाट सार्वजनिक प्रदर्शनमा आउने छ ।
