लायन्स क्लव अफ ३२५ ए टु जोन मिटिङ्ग..

0

   लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए टु का द्धितिय डिष्ट्रिक्ट गभर्नर शोभा जोशीले वेनामको जीवन भन्दा सकारात्मक शोच सहित मानवता पहिले भन्ने भावनलाइ अङिगीकार गर्दै मानवीय सेवामा समर्पित हुँन आग्रह गर्नु भएको छ । लायन्स क्लव अफ ३२५ ए टु को डिस्ट्रिक अन्र्तगत आज राजधानीमा  जोन चियरपर्सन भरतप्रसाद प्रशाइको सभापतित्वमा सम्पन्न District Governors Frist Advisory Community Meeting$ Fellowship  जोन मिटिङलाइ सम्बोधन गर्दै उहाँले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै प्रस्तुत जोन मिटिङ्गमा क्रमस लायन्स क्लव अफ रामेछाप लिखुको तर्फबाट अध्यक्ष राज श्रेष्ठ , लायन्स क्लव अफनेपाल हिमालयण एक्सेलेन्सीको तर्फबाट गणेश श्रेष्ठ , लायन्स क्लव अफ नेपाल जर्नालिस्टको तर्फबाट सचिव श्रीजन झा , लायन्स क्लव अफ काठमाडौं फेलोशिपको तर्फबाट स्वदेश मर्हजन र लायन्स क्लव अफ जागृतिले आआफ्नो क्लवको गतिविधी सहित विगत ,वर्तमान र आगत कार्ययोजना प्रस्तुत गरेका थिए ।   त्यस्तै लायन्स क्वल अफइन्टर नेशनलको वार्षिक कार्ययोजना अनुरुप आगामी दिनमा भिजन, युथ मोविलाइजेशन, वातावरण, डायविटिज, भोकमरी र रक्तदान लगायतका कार्यक्रममा यि क्लवहरुले कार्यगत एकता एवम् सहकार्य गर्ने प्रतिवद्धता अभिव्यक्त गरिएको थियो ।

लायन्स क्वलका विभिन्न तह र तप्काको महत्वपूर्ण जिम्मेवारीमा रहनुभएको पदाधिकारीहरुको उल्लेख्य उपस्थिती एवम् मैत्रीपूर्ण वातावरणमा सम्पन्न मिटिङ्गमा रिजन यिरपर्सन केशव श्रेष्ठ ,केहि समयअभि भएको वङ्गगलादेशको विमान दुर्घटनाबाट पुर्नजिवन प्राप्त व्यक्तित्व गर्नुभएका चिफ एड्भाइजर केशव पाण्डे त्यस्तैगरि डिस्ट्रिक क्याविनेट ट्रेजर विधान जोशी, जिएलटी चियरपर्सन विजु बज्राचार्य , जिएमटी चियरपर्सन शम्भु घिमिरे , जिएमटी लिडर मधुकर उपाध्याय र जोन चियरपर्सन भरत प्रशाइ लगायतले क्लवको विविध पक्षमा प्रकाश पार्दै सामुहिक प्रयास सहित लायन्स क्लवलाइ समुदायमा थप विस्तारित गर्न  आवश्यक रहेको बताउँनु भएको छ ।