बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रालिले शनिबार पुल पार्टी तथा मनसुन फेशन शो–२०१८ सानेपाको दि इन्टरनेशनल क्लबमा आयोजना गरेको छ ।
यस फेशन शोमा विभिन्न मोडलहरुले आफ्नो क्याटवाकमा मनसुनमा लगाउने प्लाष्टिकबाट डिजाइन गरिएका लुगाहरुको प्रदर्शन गर्दै दर्शक दीर्घामा रोचक बनेको थियो ।
यस फेशन शोमा अझ रोचक बनेको थियो बेली डान्स । यस पुल पार्टी तथा मनसुन फेशन शोमा मोडलहरुको डान्स दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । यस डान्सका कोरिया ग्राफर लिजा श्रेष्ठ गर्नुभएको थियो ।