धनगढीमा आइएमईका कर्मचारीलाई गोली हान्ने दुई लुटेरा काठमाडौँबाट पक्राउ

0

गत जेठ १३ गते बिहान कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आइएमईका कर्मचारीमाथि गोली प्रहार गरी रकम लुटेर फरार रहेका दुई जना अभियुक्त काठमाडौँमा पक्राउ परेका छन् ।

घटनामा फरार रहेकाहरु काठमाडौँ आएको गोप्य सूचनाको आधारमा उनीहरुलाई सोमबार राति काठमाडौँको गोङ्गबुबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २८ वर्षीय राम प्रवेश राना र कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २३ वर्षीय कालु राना ‘कल्लु’ रहेका छन् ।

आइएमईका कर्मचारी निर्मल कार्की सिद्धार्थ बैंकबाट पैसा झिकेर साइकल चढेर जाने क्रममा बाटोमा मोटरसाइकलमा चढेर आएका व्यक्तिहरुले गोली हानी घाइते बनाएर साढे ९ लाख रुपैयाँ लुटेर फरार भएका थिए ।