पाकिस्तानविरुद्ध इङ्ग्ल्याण्डको जीत

0

इङ्ग्ल्याण्डले पाकिस्तानमाथि एक इनिङ र ५५ रनको जित निकाल्दै टेस्ट शृंखलामा एक–एकको बराबरी गर्न सफल भएको छ ।

दुई टेस्टको शृङ्खलामा पहिलो टेस्ट पाकिस्तानले ९ विकेटले जितेको थियो । तर, दोस्रो टेस्टमा कमजोर ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तान हार बेहोरेको थियो ।

पहिलो इनिङमा १ सय ७४ रनमा अलआउट बनेको पाकिस्तान दोस्रो इनिङमा मात्र १ सय ३४ रनमा समेटियो ।

स्टुवर्ट बोर्डले ३ तथा डोमिनिक बेसले ३–३ विकेट लिएपछि पाकिस्तानको इनिङ धर्मराएको थियो । त्यसमा एन्डरसनले थप दुई विकेट लिए ।

पाकिस्तानका लागि मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बटुल्न सफल भए । इमाम उल हकले ३४ तथा उसमान सलाहुद्दिनले ३३ रनको योगदान बनाए ।

यसअघि, इङ्ग्ल्याण्डले आफ्नो पहिलो पालीमा ३ सय ६३ रन बनाएको थियो ।

इङ्ल्याण्डका लागि प्लेयर अफ द म्याच घोषित जोस बटलरले आक्रामक ब्याटिङ गर्दै २ छक्का र ११ चौकाको मद्दतले ८० रन बनाए ।

कप्तान जो रुटले ४५ तथा बेसले ४९ रनको योगदान दिए । ओपनर कुकले पनि ४६ रन बनाए ।

पाकिस्तानका मोहमद अब्बास प्लेयर अफ द सिरिज बने ।

अब इंङ्ग्ल्याण्डको भ्रमणमा रहेको पाकिस्तानले दुई टी–२० खेल खेल्नेछ ।