सनराइज बैंकले दार्चुलाको मार्मा शाखा

0

सनराइज बैंकले दार्चुलाकोे मार्मा गाउ“पालिकामा ८२औं शाखा स्थापना गरेको छ ।

दार्चुला जिल्ला समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ विभागका प्रमुख हरिप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

बैंकले हालै बचत खाताका ग्राहकको लागि ‘स्वास्थ्य बीमा सुविधा’ शुरू गरेको छ । उक्त बीमाअन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रुपिया“सम्मको खर्च शोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालमा स्वास्थ परीक्षण गराउ“ंदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपिया“सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।