फुटबल प्रेमीहरुलाई खुसीको खबर, वल्र्डकप जर्सी १ रुपियाँमा

0

विश्वकप फुटलको रौनक छाउँदै गर्दा आफूलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जरले १ रुपियाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ ।

आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबलप्रेमिलाई ९९९ रुपियाँको जर्सी १ रुपियाँमा उपलब्ध गराउने अफर ल्याएको हो ।

यो अफर आइतबार १२ बजेबाट शुरु हुनेछ । यो अफर वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर लोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले १००
रुपियाँ क्यास ब्याकपाउने छन् । त्यसपछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास ब्याकपाउनु हुन्छ । यसरी प्राप्तहुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।

‘तपाईले ५०० क्यास ब्याक सदुपयोग गरी १ रुपियाँ मात्र भुक्तान गर्दा ९९९ रुपियाँको जर्सी पाउनु हुनेछ ।’ ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भन्नुभयो ।

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा तपाईले ११ वटा बैंकको ई बैंकिङ, ईसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’ ग्लोबल कि टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भन्नुभयो ।