एनआईसी एसिया बैंकको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखा, चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले उद्घाटन गर्नुभयो ।
यसअघि एनआईसी एसिया बैंकले नयाँ शाखा बौधीमाई नगरपालिका– ६, बंकुलबजार, रौतहटमा स्थापना गरेको छ । उक्त शाखा बौधीमाई नगरपालिकाका मेयर राजीव रञ्जन यादवबाट विधिवत् उद्घाटन गर्नुभएको थियो ।
हालसम्म बैंकको मुलुकभर २१७ शाखा कार्यालय, २०३ एटीएम, ८ वटा एक्स्टेन्सन काउन्टर एवम् ८ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार १६२ अर्ब रुपियाँभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब ११२ अर्ब र कुल निक्षेप करिब १३८ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।