पोखरामा यामाहा एफजी २५ ‘राइड आउट’

0

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजी २५ का राइडरहरुका लागि साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरेको छ ।

यसपटक गण्डकी अञ्चलका एफजी २५ राइडरर्सलाई पोखराको यामाहा डिल विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हु“दै वाटरफ्रन्ट रिसोर्ट लगेको थियो ।

पा“च समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार,’ ‘पिकिङ द फ्ल्याग,’ ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडर बीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए ।

अत्याधुनिक फ्युलइन्जेक्सन प्रविधि रहेको एफजी २५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ ।

यी विशेषताले एफजी २५ लाई ‘एफजी वल्र्ड’ को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन रहेको छ । जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्यून गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । एफजी २५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी वटा बिक्री भइसकेको कम्पानीले जनाएको छ ।