विकास र परिवर्तनका कुरामा कांग्रेसको साथ : डा. महत

0

खोटाङ क्षेत्र नं१ को जन जागरण आयोजना कार्यक्रममा बोल्दै नेपाली कांग्रेसले विकास र परिवर्तनका लागि कांग्रेसले साथ दिने बताए ।

             नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर १ ले हिजो हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा आयोजना गरेको बृहत जागरणसभालाई सम्बोधनका क्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री डा. महतले सो कुरा बताउनु भएको हो ।

          कार्यक्रममा पानी जहाजको कुरा गर्नुको सट्टा पहिला सडक नपुगेका ठाउँमा सडक बिस्तार गर्न वर्तमान प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । कमसेक सडक यातायात त सबै ठाउँमा पुर्याऔं, डा। महतले भने ।

        कार्यक्रममा नेपाली कांग्रेसी नेता डा। महतले निर्वाचन परिणाम र नेपाली काग्रेसले अव तय गर्नु पर्ने बाटो विषयमा पनि प्रकास पार्नु भयो ।

               कार्यक्रममा संसद हिरा गुरुङ, केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्व मन्त्री शिव कुमार वस्नेत, पूर्व संसद रंजित कर्ण, खोटाङका सभापति नरेश कुमार श्रेष्ठ, महासमिती सदस्य रमेश कुमार महत यदु विष्ट लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्षेत्रिय सभापति ईवन राईको सभापतित्वमा सम्पन्न भएको थियो ।