गर्मीको याममा ऊर्जा प्रदान गर्ने ग्लुकोज ड्रिंक नेपाली बजारमा आएको छ ।
गर्मीले आलसतालस पारेको अवस्था र यसबाट आउने परिणामबाट छुट्कारा दिलाउन ग्लुकोज ड्रिंकले सहज बनाउने कम्पनीको भनाइ छ । ग्लुकोज ऊर्जा प्राप्तिको सजिलो स्रोत भएको भन्दै यो छिटो घुलिन्छ र गुमेको ऊर्जा पुनः जगाउन मद्दत गर्छ ।
गर्मी याममा नियमित रुपमा ग्लुकोज ड्रिंक पिउन सकिन्छ । कम्पनीका अनुसार ग्लुकोज ड्रिंकका विभिन्न स्वाद उपलब्ध छ । ग्लुकोभिटा ग्लुकोज पाउडर बजारमा उपलब्ध एक त्यस्तो विकल्प हो जसले तुरुन्त शरीरलाई फूर्तिलो बनाउ“छ । ग्लुकोभिटामा ९९ दशमलव ४ प्रतिशत शुद्ध ग्लुकोज पाइन्छ, जसले गर्दा बजारमा पाइने अरुभन्दा यसलाई अत्यन्त शुद्ध ऊर्जा स्रोत भएको कम्पनीको दाबी छ । यसका साथै यसमा फलाम जस्तो लवणहरु पनि रहेकाले मानसिक एकाग्रता सुधार्न मद्दत गर्छ भने यसमा पाइने क्याल्सियमले हड्डीलाई मजबुत बनाउन सहयोग पु¥याउ“छ । ग्लुकोभिटा स्वादिलो, ताजगी प्रदान गर्ने र मनपर्ने–रसिलो सुन्तला, कडा कागती र मिठो आँपका स्वादमा उपलब्ध छन् । ।