एनआईसी एसिया बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा १ लाख रुपियाँसम्मको राजस्व बैंकमा खाता रहेका ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्टमार्फत भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त सुविधा उपयोग गर्न बैंकका ग्राहकले एकपटकका लागि आफ्नो खाता नम्बर नेपाल क्लियरिङ हाउस को ई–पेमेन्ट सम्बन्धी वेबसाइटमा दर्ता गराई सोको फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनुपर्ने र रुजु भए पश्चात १ लाखसम्मको राजस्व कुनै पनि समयमा राजस्व भुक्तानी गर्न सक्नेछन् । सोसम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ हाउसको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
२ सय १६ शाखा कार्यालय, २ सय ३ एटीएम ६ वटा एक्स्टेन्सन काउन्टर एवम् ८ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १ सय ५९ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १ सय १० अर्ब र कुल निक्षेप करिब १ सय ३६ अर्ब रुपियाँ रहेको छ । बैंकमा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।