पहिलोपटक गाडीको अक्सन मेला हुँदै

0

नेपालका लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रालिको सहकम्पनी सिप्रदी अस्र्योड प्रालिद्वारा नेपालमा गाडीको बृहत् अक्सन मेला आयोजना गर्ने भएको छ ।

उक्त अक्सन मेला जेठ ११ र १२ गते, सिप्रदी अस्र्योड प्रालि, थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुनेछ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्रान्डका ६० भन्दा बढी ब्रान्डेड गाडी समावेश हुनेछन् ।

सेकेण्ड ह्यान्ड गाडीको बिक्रीवितरण तथा सट्टापट्टा गर्दै आएको सिप्रदी अस्र्योडद्वारा आयोजित यस मेलामा ग्राहकले आफूलाई मन परेको वा आवश्यक गाडीको अधिकतम बोली लगाई उक्त गाडीलाई आफ्नो बनाउन सक्नुहुनेछ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै सिप्रदी अस्र्योडद्वारा आयोजित उक्त अक्सन मेलामा वारेन्टीसहित गाडीको नामसारी पनि गरिने कम्पनीले जनाएको छ ।