एनआईसी एसिया बैंकको आठौं शाखारहित बैंकिङ सेवा सञ्चालन

0

एनआईसी एसिया बैंकले सिरहाको कल्याणपुरस्थित भोक्राहामा आठौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

सो शाखारहित बैंकिङ सेवाको उद्घाटन प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले संयुक्त रुपमा गर्नुभयो ।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमाी मतिबुल राईनलाई नियुक्त गरेको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तै, टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको सा“वा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१६ शाखा कार्यालय, २०३ एटीएम, ७ वटा एक्स्टेन्सन काउन्टर एवम् ८ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १५९ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब र कुल निक्षेप करिब १३६ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।