सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामेरा हस्तान्तरण गरेको छ ।
सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने छ । १८० डिग्री कभरेज भएको सो क्यामेराले ट्राफिक व्यवस्थापनमा मद्दत पु¥याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो ।
कार्यकारी निर्देशक करण चौधरीको भन्नुभयो– ‘देशको अटोमोटिभ क्षेत्रमा हामी अग्रणी छौं र सडक सुरक्षामा हाम्रो पनि जिम्मेवारी रहेको छ । यहा“का सडकहरुमा ट्राफिक व्यवस्थापनका लागि हाम्रा ट्राफिक प्रहरीहरुले जिम्मेवारीपूर्व गर्नु भएको कार्यहरु प्रशंसनीय छन् । हाम्रा सडक सुरक्षित बनाउने उपाय अपनाउने उद्देश्यसहित गरिएको सीसी क्यामराको हस्तान्तरण ट्राफिक प्रहरीस“गको समन्वयमा गरिने विभिन्न कार्य मध्येको एक हो ।’