टाटा मोटर्सले पछिल्लो गाडी टियागो मोडलको सफलतापछि नयाँ सम्भावित ग्राहकको लागि नया“ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको छ ।
फुल अप्सन मोडलको २६ दशमकलव ९५ लाखमा पाइने यो गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय देखिने कम्पनीको भनाइ छ । यो गाडी १ दशमलव २ लिटरको रिभोटोर्न इन्जिनसहित ८५ पीएस पावर भएको छ भने प्रतिलिटर २३ दशमलव ८४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
अरु थप विशेषताहरुमा दुईवटा एसआरएस एअर ब्याग, अटोमेटिक बे्रकिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, मल्टी ड्राइभ मोड छ भने यसमा आठ वटा स्पिकरसहित हर्मनको इन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिटरको बुट स्पेस उपलब्ध छ । यी बाहेक अन्य थप विशेषता पनि यसमा रहेको छ ।
सिप्रदीका अनुसार हामी ग्राहकलाई आफूले लगानी गरेको मूल्यमा राम्रो मोबिलिटी दिन चाहन्छौं । टाटा टियागोको सफलता मनाउँदै हामीले वर्तमान तथा संभावित ग्राहकलाई नया“ मोडलमा केही विशेष दिन खोजेका छौं । टियागो डुअल टोन स्टाइलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नया“ थप आकर्षक विशेषतासहित आएको टियागो डुअल टोन टाटा ब्रान्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल हो भन्ने हामीलाई लागेको छ ।’