दबई प्रेस्टिजियस बुदोकान कप तथा अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीबार आज दुबई प्रस्थान गर्दैछ ।
खेलाडीमा पर्शुराम बाँस्तोला, सरिता श्रेष्ठ, चन्द्रबहादुर खड्का, प्रेमबहादुर राणा, राजनकुमार पाइजा, ज्ञानु पुन मगर, सुशान्त हुमागाईं, मोनिका थापा मगर, मधु लामा, सञ्जय रन्जित, साइला गमाल र लक्ष्मण खड्का छन् ।
मे ११ र १२ तारिखमा हुने प्रतियोगितामा प्रवीण गुरुङ टोली नेता, बृहस्पति लामा व्यवस्थापक र रामकुमार थारु प्रशिक्षकका रुपमा टोलीसंग दुबई जाँदैछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे । त्यसअघि खेलाडीद्वय सञ्जय रन्जित र पर्शुराम बाँस्तोलालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पनि छुट्टै कार्यक्रममा बिदाइ गरेका थिए ।