तीन दिनयता सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज पनि सोमबारकै मूलयमा सुनचाँदीको कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५९ हजारमा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला ७६५ रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।
