सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकको लागि स्वास्थ्य बीमा सुविधा प्रदान गर्दै आएको छ । उक्त बीमाअन्तर्गत बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउ“दा लाग्ने खर्च १ लाख रुपिया“मा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।
यसै क्रममा बैंकका लगनखेल शाखाका ग्राहक चिनीकाजी महर्जनको शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च १८ हजार ९०५ रुपिया“बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले ग्राहकलाई प्रदान गर्नुभयो ।
बैंकले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकको लागि सामूहिक दुर्घटना बीमा सुविधा समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधाअन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुवै बीमा सुविधा पाउन सक्ने छन् ।