ग्लोबल आइएमई बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालबीच बैंकुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखामार्फत् लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको जीवन बीमा बीमा लेख खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गर्नुभएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहु“च पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्पmत् सेवा प्रदान गर्दै आइरहेको छ ।