सिटिजन्स बैंकको १० शाखामा रक्तदान

0

सिटिजन्स बैंक इन्टरनेसनल १२औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकका विभिन्न शाखामा रक्तदान कार्यक्रम गरेको छ ।

बैंकले उपत्यकाभित्र केन्द्रीय कार्यालय, सामाखुशी, बौद्ध, ठिमी, कीर्तिपुर शाखा तथा उपत्यका बाहिरका वीरगन्ज, विराटनगर, सिमलचौर पोखरा, नेपालगन्ज र महेन्द्रनगर गरी कुल १० स्थानबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालयमा ३५, सामाखुशी शाखामा ४२, बौद्ध शाखामा ४४, ठिमी शाखामा २९, कीर्तिपुर शाखामा २०, विराटनगर शाखामा ३९, वीरगन्ज शाखामा ७०, सिमलचौर पोखरा शाखामा ४१, महेन्द्रनगर शाखामा १९ र नेपालगन्ज शाखामा ५ गरी कुल ३४४ जना रक्तदाताले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैैंकले ६८ वटा शाखा, ६९ वटा एटीएमबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई सेवा पु¥याउ“दै आएको छ। चालू आवको तेस्रो त्रैमाससम्ममा ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको तथा सोही अवधिभित्र १ अर्ब १७ करोड ७४ लाख सञ्चालन नाफा र १ अर्ब ९८ लाख खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोही अवधिका तुलनामा क्रमशः ३२ दशमलव ७२ र १४ दशमलव ३९ प्रतिशतले वृद्धि भएको हो ।