सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा

0

बैंकिङ पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकामा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले रौतहटको माधवनारायण, तनहुँको दुलेगौडा, नवलपुरको गैंंडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलवस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

हालै सञ्चालनमा आएका शाखासहित बैंकले देशभर १०८ वटा शाखा (३ एक्सटेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, १०८ एटीएम र ६८७ पीओस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷७५ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ९० अर्ब ४० करोड र कर्जा लगानी ८१ अर्ब १७ करोड गरेको छ भने सोही अवधिमा बैंकले २ अर्ब ४ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।