आइकेकेएफ कराते बिहीबारदेखि

0
दोस्रो आइकेकेएफ राष्ट्रिय कराते च्याम्पियनसिप आगामी बिहीबारदेखि हुने भएको छ ।
नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराते संघको आयोजना २ दिने कराते च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा हुन लागेको हो ।
आइतबार लाजिम्पाटमा आयोजित पत्रकार सम्मेलनमार्पत संघका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता बारे जानकारी दिएका हुन् । सोही अवसरमा संघका महासचिव प्रेमनाथ श्रेष्ठले प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए । पत्रकारसम्मेलनमा संघका सल्लाहकारद्वयले राम श्रेष्ठ ‘बोस’ र श्याम कार्कीले शुभकामना व्यक्त गरेका थिए । च्याम्पियनसिपमा कुल ४ तौल समूहमा खेल हुनेछ ।
जसअन्तर्गत पुरुषतर्प ३०–४० केजी, ५५ केजीमुनि र पुरुषको खुलातर्पm प्रतिस्पर्धा हुने संघका उपाध्यक्ष राजिव महर्जनले जानकारी दिए । महिलामा भने एकमात्र तौलसमूह ४०–५० केजीमा प्रतिस्पर्धा हुनेछ । प्रतियोागिताका लागि नेपालभरिका २ सय उत्कृष्ट खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि छनोट प्रक्रियामार्पत च्याम्पियनसिपमा खेलाइन लागेको संघका महासचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेले २० हजार,  दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई विश्व च्याम्पियनसिपमा सहभागिता गराइने संघका महासचिव श्रेष्ठले जानकारी दिएका छन् । उक्त प्रतियोगिता सञ्चालनका लागि विभिन्न समिति बनाइएकाले भव्य रूपमा सञ्चालन हुने आयोजकले जनाएको छ । भ्याली बाहिरबाट खेलमा सहभागी हुने खेलाडीलाई लागि बसोबासको व्यवस्था गरिएको संघले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख ७० हजार आनुमानित लागत राखिएको संघले जनाएको छ ।