फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा

0

फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नया“ स्वरुपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । फ्यान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्मक सोचको तरङ प्रवाह गर्ने किसिमले डिजाइन गरिएको छ ।

नया“ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘फ्यान्टाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, जसले युवासँग आफूलाई जोडेर ब्रान्ड बिल्डमा गर्नमा सहयोग पुर्याउँछ। अहिलेको नया“ पुस्तालाई ब्रान्डको विषयमा धेरै ज्ञान रहेको छ । किनकि उनीहरू साथीहरुसँग समय बिताउने, रमाइलो गर्ने, प्रविधिको विषयमा आफूले जानेका कुरा अघि राख्न मन पराउने कुरामा उनीहरु बिज्ञ नै भइसकेका हुन्छन् ।’