एनआईसी एसिया बैंकले छैठो शाखारहित बैंकिङ सेवा कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट सञ्चालनमा ल्याएको छ ।
सो शाखारहित बैंकिङ सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गर्नुभयो । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा गोविन्द अधिकारीलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउ“मै स्थानीय प्रतिनिधिमार्फत्बाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दूरीसम्म हिड्नुपर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ बानीको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।
बैंकले मुलुकभर १९६ शाखा, १९८ एटीएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवम् ६ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान आएको छ । बैंकको वासलातको आकार १५७ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १०९ अर्ब र कुल निक्षेप करिब १३४ अर्ब पुगिसकेको छ ।