स्मार्ट टेलिकमले पोखरामा शाखा खोल्यो

0

स्मार्ट टेलिकमले पोखराको न्युरोडस्थित अरविन्द कमप्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।

स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ । सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकका सम्पूर्ण आवश्यकता एवम् जिज्ञासालाई सहज एवम् सुलभ तरिकाबाट समाधान गरिने कम्पनीले जनाएको छ ।

स्मार्ट सेलको नया“ सेन्टरको उद्घाटन कम्पनीका सीसीओ (प्रमुख वाणिज्य अधिकृत) राजीव कुमारले गर्नुभएको थियो । ग्राहकको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने यस सेन्टरको उद्देश्य रहेको कुरा उहा“ले उद्घाटन कार्यक्रममा उल्लेख गर्नुभयो ।

यसअघि स्मार्ट सेलले कुमारी पाटी, पुतलीसडक तथा भक्तपुरमा पनि आफ्नो सेन्टरको स्थापना गरिसकेको छ भने आगामी दिनमा नेपालका अन्य प्रमुख शहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गरेको छ ।