नेपाल बंलादेश बैंक र रिलायवल इन्स्योरेन्सबीच सम्झौता

0

नेपाल बंगलादेश बैंक र रिलायवल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा बंैकको तर्फबाट बैंकका नायब कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त सम्झौतापश्चात बैंकका सबै ग्राहकले ५५ वटै शाखाबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।