मेगा बैंक नेपालको सञ्चालन मुनाफा १ अर्ब ४ करोड रुपिया“ पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ६८ करोड १९ लाखबाट बढेर १ अर्ब ४ करोड पुगेको हो । जुन ५२ दशमलव ९७ प्रतिशतको वृद्धि हो । कुल सञ्चालन आम्दानी ५३ दशमलव ३४ प्रतिशतले बढेको मेगा बैंकले जनाएको छ ।
यसैगरी दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद ब्याज आम्दानी ५३ दशमलव ७१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी दोस्रोमा ८४ करोड ६३ लाख रहेकोमा तेस्रो त्रैमासिकमा १ अर्ब ३० करोड पुगेको हो । सोही अवधिमा बैंकले ५२ करोड ४९ लाख मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख कमाएकोमा दोस्रोमा पुग्दा ३९ करोड ३६ लाख मुनाफा पुगेको थियो ।
