सिटिजन्सद्वारॉसंगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग

0

“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उत्थानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप १५ लाख उपलब्ध गराएको छ ।

बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्नो एघाराँै वार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा १५ लाखको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत श्रीमती उमंग शर्माद्वारा हस्तान्तरण गरियो ।

संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकम मेची–महाकाली साङ्गगितिकत अभियान नामक कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी गराउनुभयो । कुनै पनि स्रष्टा स्वास्थ्यको कारण अशक्त भएको वा उपचार गर्न आर्थिक कठिनाइ व्यहोरेको पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरी केही स्रष्टा–सर्जकहरु तथा संगीतकारहरुलाई आर्थिक सहयोग गर्ने कार्यको निरन्तताक ानिम्ति उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्नुपर्ने विचार बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले व्यक्त गर्नु भयो ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा एटीएमबाट करिब ३ लाख ३५ हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको यस बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रयमास सम्ममा ६० अर्व २५ करोड निक्षेप संकलन गरी ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोही अवधिभित्र १ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र १ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोही अवधिका तुलनामा क्रमशः ३२।Þ७२ प्रतिशत र १४ं।३९ प्रतिशतले वृद्धि भएको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराउनुभएको छ ।