कोकाकोलाले छान्यो रसिया जाने ४० विजेता

0

कोकाकोला नेपालले सञ्चालन गरेको कोक खाम् रसिया जाम अभियानअन्तर्गत ४० विजेताको छनोट भएका छन् । सबै जनाको रसिया पुगेर त्यहा“ लाग्ने सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष व्यवस्था कम्पनीले गर्ने छ ।

उक्त अभियान १५ फेब्रुअरीबाट शुरु भई अप्रिल १५ मा समापन भएको छ । यस योजनामा १८ जना उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन् भने १० हजारभन्दा बढीले फिफाको लोगो अंकित स्पिकर, हेडफोन, पेन ड्राइभ जितेका छन् ।

कोका कोला नेपालले सञ्चालन गरेको यो सबैभन्दा ठूलो उपभोक्ता क्याम्पेन हो ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘हामी निकै खुसी छौं किन भने यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताको लागि अविस्मरणीय भयो । यो सबैभन्दा ठूलोमध्येको एक क्याम्पेन थियो । जहा“ ४० जना भाग्यमानी विजेताले रसिया गएर प्रत्यक्ष खेल हेर्ने मौका पाउन भए भने टेलिभिजन र अन्य फिफाको लोगो अंकित विशेष उपहार जित्न सफल भएका छन् । यो पूरै क्याम्पेनमा ग्राहकको जुन सहयोग र साथ पायँैं हामी निकै खुशी छांै । निकट भविष्यमा यस्ता खालको क्याम्पेन संचालन गर्दै जानेछौं ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले भन्नुभयो–‘कोक खाम् रसिया जाम क्याम्पेन एउटा अस्मरणीय क्याम्पेन थियो । हामीले उपभोक्ताबाट आशा गरेभन्दा धेरै राम्रो प्रतिक्रिया पायँंै । यो हरेक समय सञ्चालन हुने अफर थिएन । हामी सम्पूर्ण उपभोक्ता, सहभागी कम्पनी, यसलाई कार्यान्वयन गराउने एजेन्सीहरु, हाम्रा महत्वपूर्ण रिटेलरहरु जसले यो अभियानलाई अन्तिम उपभोक्तासम्म पु¥याउन सहयोग गरे, सबैलाई हृदयदेखि नै हार्दिक धन्यवाद दि“दै आभार प्रकट गर्दछौं । उहा“हरुको सहयोग बिना यो क्याम्पेन सफल हुन सक्दैन थियो ।’