धरहरा मुनि प्रधानमन्त्रीको सम्बोधन : कोदालो र डोको बोक्न तयार छु

0

२०७२ साल वैशाख १२ गते महाभूकम्प आए पछिको पटक पटक आएको भूकम्पले सम्पदाहरु भत्काएको थियो । त्यही सम्पदामध्ये धरहरा अगाडि आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै मेरो धरहरा मै बनाउँछु । त्यसका लागि म कोदालो खन्न तयार छु, खर्पन र डोकोमा इँटा बोक्न तयार छु । हामी जहाँ छौं, त्यहिँबाट नव–निर्माणमा जुटौं ।’ प्रधानमन्त्री ओलीले उक्त भनाई सामाजिक सञ्जाल ट्वीटरबाट समेत शेयर गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने( ‘मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।’

‘सभ्यता नमासी, उस्तै देखिने गरी बनाउनुपर्छ । अझ राम्रो बनाउनुपर्छ । देख्ता उस्तै तर वलियो बनाउनुपर्छ’ प्रधानमन्त्रीले भने । उनले रानीपोखरी, वसन्तपुर, काष्ठमण्डप लगायतका संरचना तिव्र गतिमा निर्माण गर्न सकिने बताएका छन् । २०७२ बैशाख १२ गते मध्यान्ह ११ः५६ मा गोरखा केन्द्र बनाएर ७।९ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो ।
नेपालमा करिब ९ हजार मानिसको ज्यान लिएको भुकम्पमा करिब २० खर्ब रुपैयाँका भौतिक सम्पत्ति विनाश भएको अनौपचारिक तथ्याङ्क छ । बिनाशकारी भूकम्पको सम्झनामा आज देशभर विविध कार्यक्रम हुँदैछन् ।