हिरोका विजेता चयन

0

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ वर्ष, २०१८ को उपलक्ष्यमा सञ्चालन गरेको न्यु इयरमा पर्छ–पर्छ भन्ने योजनाअन्तर्गतका विजेताको नाम लक्की ड्रमार्फत् घोषणा गरेको छ ।

यस योजनाअन्तर्गत प्रथम पुरस्कारवापत सय प्रतिशत रकम फिर्ता पाउन सफल विजेतामा मुस्तकिम बैढा कुपन नं. २९७५ डी ९, रामराजा शाह कुपन नं. ५ एफयु ९ जे बी, हरिनारायण प्रसाद शाह कुपन नं. एमजी३५ए७, पुनमकुमारी चौधरी कुपन नंं एचए१६डीए रहेका छन् ।

त्यस्तै दोस्रो पुरस्कारवापत ७५ प्रतिशत रकम फिर्ता पाउने विजेतामा बसु थापा कुपन नं. युभी ८८५७, मधु चौधरी कुपन नं. भीएक्सवाईएबीए, सिंहबहादुर राई कुपन नं. ११एसजेडवाईडब्लु र ज्योति मैनाली कुपन नं. जेडटी७पीवाईएस छन् ।

तेस्रो पुरस्कारवापत ५० प्रतिशत रकम फिर्ता पाउने विजेतामा अजोधयाप्रसाद चौधरी कुपन नं. एसईआर४जे२, ढुण्डीराज गौतम कुपन नं. ८बी३एच५एच, रमेशकुमार मेहता कुपन नं. ५ एक्सएचएस४क्यु र सहिल मुसलमान कुपन नं. डीए १ केजीजे रहेका छन् ।

यस योजनाअन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्य्राच कार्डबाट ५ हजारदेखि१ लाख रुपिया“सम्म जित्न सक्ने तथा हरेक १५ दिनमा बम्पर लक्की ड्र मार्फत् एक एकजनाले प्रथम पुरस्कार स्वरुप सय प्रतिशत रकम फिर्ता, दोस्रो पुरस्कारस्वरुप ७५ प्रतिशत रकम फिर्ता र तेस्रो पुरस्कारस्वरुप ५० प्रतिशत रकम फिर्ता प्राप्त गर्न सकिने थियो।