एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा सातौं एनएमबि बैंक हेरिटेज वाक–२०१८ आयोजना गरेको छ ।
बैंकले राजधानीलगायत अन्य क्षेत्रीय कार्यालयमा समेत विभिन्न कार्यक्रमको आयोजना गरी देशव्यापी रुपमा सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८ मनाएको हो ।
यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तीनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको छ ।सातांै एनएमबि बैंक हेरिटेज वाक – २०१८ को उद्घाटन एनएमबि बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा गरेका थिए ।