कोपा डेल रेको उपाधि चौँथो पटक बार्सिलोनालाई

0

बार्सिलोनाले चौँथो पटक स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सेभिल्लालाई ५–० ले हराउँदै बार्सिलोनाले चौथोपटक कोपा डेल रेको उपाधि जितेको हो ।

प्रशिक्षक इर्नेस्टो भाल्र्डेडेको नेतृत्वमा पहिलो उपाधि हो भने कोपा डेलको ३०औं।

मड्रिडमा भएको खेलमा बार्सिलोनाले १४ औं मिनेटमा स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा मेस्सीले गोल गरे । उनको यो सिजनको ४० औं गोल हो ।

खेलको ४०औं मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-० ले अगाडि रह्यो। खेलको ५२औं मिनेटमा एनिष्टाले गोल गरे भने ६९ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले फाइनलमै ५-० को शानदार जित निकाल्यो ।

एथ्लेटिको मड्रिडलाई हराउँदै फाइनलमा पुगेको सेभिया बार्सिलोनाविरुद्ध निकै कमजोर देखिएको थियो । यद्यपि एक गोलले पछि परेको अवस्थामा उसका वाकिङ कोरियाले राम्रो मौका गुमाएको थियो ।