नबिल बैंकद्वारा प्रवद्र्धित नबिल फाउन्डेसनले नबिल बैंक तथा हिमालयन टेलिभिजन टिमसं“ग संयुक्त रुपमा नयाँ वर्ष २०७५ सेलेब्रल पाल्सी नेपाल नामक संस्थामा उपचाररत एवं अध्ययनरत बालबालिकाका साथमा मनाएको छ ।
फाउन्डेसनले ‘सेलेब्रल पाल्सी’ नामक रोगबाट ग्रसित बालबालिकास“ग केही खुशी र रमाइलो क्षण बिताउन भन्दै नयाँ वर्षमा कार्यक्रम आयोजनासमेत गरेको थियो । उक्त कार्यक्रममा बालबालिकाले विभिन्न खेल, सांगीतिक कार्यक्रम, तथा नाचगानका साथ मनोरञ्जन गरेका थिए ।
सेलेब्रल पाल्सी नशामा हुने एकप्रकारको असन्तुलन हो । जसका कारणले बालकालिकामा मस्तिष्कको राम्ररी विकास नभएका कारण पक्षघात हुन्छ । यस्ता रोगबाट ग्रसित बालकालिकाका लागि सहयोग गर्ने उद्देश्यले सेलेब्रल पाल्सी नेपालको स्थापना ३१ वर्षअघि भएको हो । यसको उद्देश्य सेलेब्रल पाल्सीबाट ग्रसित वयस्क र बालबालिकालाई उपचारलगायत रेखदेखको काम गर्दै आएको छ । नबिल बैंकले उक्त संस्थालाई सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाका लागि पर्सा जिल्लामा सञ्चालन गरिन लागेको परामर्श सेवा, उपचार सेवा र प्रशिक्षण कार्यक्रमहरुका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ ।