एनआईसी एसियाको गैंडाकोटमा नयां शाखा

0

एनआईसी एसिया बैंकले नवलपुरको गैंडाकोटस्थित कांग्रेस चोकमा नया“ शाखा विस्तार गरेको छ ।
नया“ शाखाको गैंडाकोट नगरपालिकाकी प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको अवस्थामा ‘क’ वर्गको बैक गैंडाकोट आउनु आर्थिक समृद्धिका लागि नया“ कोसेढुगां भएको बताउनुभयो ।

बैंकको १७४औ शाखाको रुपमा कांग्रेसचोकमा एटीएमसहित सेवा औपचारिक रुपमा शुरु भएको बैंक सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।

सोही अवसरमा गैंडाकोट उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले बैंकिङ क्षेत्रमा वित्तीय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल विस्तार हुनाले आर्थिक विकासमा अगाडि बढिरहेको गंैडाकोटबासीलाई सहज भएको बताउनुभयो ।

बैंकको १९२ शाखा कार्यालय, १९५ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवम् ४ वटा ब्रान्चलेस बैंकिङ सेवा रहेको छ । त्यस्तै बैंकको वासलातको आकार १५४ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १०६ अर्ब र कुल निक्षेप करिब १३० अर्ब रुपिया“ पुगिसकेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चँ“डै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।