मेगा बैंकको नयां वर्ष योजना

0

मेगा बैंक नेपालले नयां वर्षको अवसर पारेर ग्राहकलाई बचत र मुद्दति खातामा नयां अफरहरु ल्याएको छ ।

मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको हो ।

खाता खोल्दा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेन्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा निःशुल्क पाइने बैंकले जनाएको छ ।

यसैगरी खाता खोल्ने हरेक ग्राहकलाई पा“च लाखसम्मको दुर्घटना बीमा, लकर सुविधामा शतप्रतिशतसम्म छुटको छ होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि रहेको बैंकले जनाएको छ ।

यस्तै मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक वर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि सञ्चालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता वैशाख २ गतेबाट सञ्चालनमा आउने बैंकले जनाएको छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढ््ने क्रममा बैंकले नया“ वर्षको खुसीयालीमा नया“ सुविधा ल्याएको मेगा बैंककी कायममुकाम सीईओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।