चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालिले एलजीको डिलर समिट २०१८ सम्पन्न भएको छ । सो कार्यक्रममा एलजीले आफ््ना काठमाडौंका र केही बाहिरका डिलरलाई सहभागी गराएको थियो ।‘लेस्ट ग्रो टुगेदर’ भन्ने नाराका साथ एलजीले आफ््नो २०२० को भिजनका बारेमा सहभागीलाई जानकारी गराएको थियो ।
कार्यक्रममा एलजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबोले कम्पनीकोे भिजन डिलरसमक्ष प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा एलजीले नया“ उत्पादन पनि लन्ज गर्नुका साथै आफ््ना सिग्नेचर उत्पादनको डेमो पनि प्रस्तुत गरेको थियो । कम्पनीले डिलरहरुलाई गल्फ, स्पा, पौडी र जिम जस्ता विभिन्न कार्यक्रम गराई मनोरञ्जनसमेत गराएको थियो ।
कम्पनीले वेस्ट पर्फमेन्स र लङट्रम एसोसिएसन वीथ एलजी गरेर आफ््ना २० जना डिलरलाई सम्मानित पनि गरेको छ । सोही अवसरमा कम्पनीले नया“ वर्ष २०७५ को डिलर स्किम पनि लन्च गरेको थियो ।