रग्बी विश्वकपको ट्रफी नेपाल ल्याइने

0
काठमाडौं । सन् २०१९ मा जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले रग्बी विश्वकप जापानको आयोजक कमिटीका सिइओ आकिरा सिमाजु (ब्पष्चब क्जष्mबशग) सँग विश्वकप ट्रफी नेपालमा ल्याइनेबारे छलफल सम्पन्न भएको छ । छलफलमा नेपालको वर्तमान रग्बी खेलको अवस्थाबारे समेत छलफल भएको संघका अध्यक्ष घिसिङले जानकारी दिए । पछिल्लोसमय रग्बीको माध्यमबाट अन्तर्राष्ट्रिस्तरमा  नेपालको सहभागिता बारे आफू पूर्णरूपमा जानकार रहेको सिइओ आकिराले बताएका थिए । साथै आफूहरु रग्बी खेलमा नेपाललाई हरेक किसिको सहयोग गर्न तत्पर रहेको आकिराले विश्वास व्यक्त गरेको संघका अध्यक्ष घिसिङले जानकारी दिए ।
रग्बी विश्वकपको ट्रफी दक्षिण एसियाको भारत, पाकिस्तान र नेपाललगायत २० राष्ट्रमा पुग्नेछ । नेपाल विश्वकपको ट्रफी सन् २०१८ को डिसेम्बरमा आइपुग्नेछ । आगामी रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा हुँदै छ । उक्त विश्वकपमा २० राष्ट्र छनोट भइसकेका छन् । रग्बी विश्वकपलाई समर ओलम्पिक र विश्वकप फुटबल पश्चात विश्व खेलकुदको तेस्रो खेल मेलाको रूपमा चिनिने गरिन्छ । टोकियो स्टेडियममा हुने विश्वकपको उद्घाटन जापानको कुल १२ स्टेडियममा खेलाइनेछन् ।