रियल मड्रिडले पेरिसमा पनि पेरिस सेन्ट जर्मेनलाई हराएको छ र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले पीएसजीलाई २-१ ले हराएको हो । पहिलो लेग ३-१ ले जितेको लगातार दुई पटकको च्याम्पियन रियल समग्रमा ५-२ को नजिताका साथ अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ ।
पेरिसमा भएको खेलको पहिलो हार गोलरहित बराबरीमा टुंगियो । तर, दोस्रो हाफको सुरुमा नै क्रिष्टियानो रोनाल्डोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए ।
६६ औं मिनेटमा घरेलु टोलीले झड्का ब्यहोर्यो । उसका भेराटीले रातो कार्ड पाए । तर, ७१ औं मिनेटमा इभिन्सन काभानीले गोल गरे ।
खेलको ८०औं मिनेटमा कासिमेरोले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।
अर्को खेलमा लिभरपुलले एफसी पोर्टोसँग बराबरी खेलेको छ । तर, पहिलो लेगमा हात पारेको ५-० को जितको मदतमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।