आईसीसी विश्वकप छनोटको ट्रफी सार्वजनिक

0

आगामी २० गतेबाट जिम्बावेमा शुरु हुने आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।

जिम्बावेको हरारेमा जिम्बावेको राष्ट्रपति इर्मसन माङगाग्वाले ट्रफि सार्वजनिक गर्नुभएको हो ।

ट्रफी सार्वजनिक समारोहमा १० राष्ट्रका कप्तान पनि सहभागी थिए । ट्रफी सार्वजनिक कार्यक्रमपछि आयोजित रात्रीभोजमा प्रतियोगितामा सहभागी सबै मुलुकका खेलाडीहरुलाई संयुक्त रुपमा सहभागी गराईएको थियो ।

प्रतियोगिताअघि भोलिबाट वार्म अफ म्याच शुरु हुनेछ । पहिलो दिन भोलि ५ वटा अभ्यास म्याच हुनेछ ।

नेपालले चिरप्रतिद्वन्द्वी युएईसँग अभ्यास खेल खेल्दा आयोजक जिम्बावेले वेष्ट ईण्डिजले अफगानिस्तान, आयरल्याण्ड, तथा हङकङ र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।