छठ पुजामा सूर्यलाई अर्घ दिई पर्वको समापन…

0

              विशेषगरी तराई मधेसमा अत्यन्त उल्लास उमंगका साथ मनाइने छठ पछिल्ला वर्षमा देखि मुलुकभर र खासगरी राजधानी काठमाडौंमा पनि उत्तिकै श्रद्धा र उमंगपूर्वक साथ मनाइन थालिएको छ ।
व्रतालुहरुले अस्तउदो सुर्य लाई जल अर्पण गरि, उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन ।मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
छठको अवसरमा सूर्यलाई दीने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोज्ञ्, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।
महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिनु नै छठ पर्वको महत्वपूर्ण पक्ष मानिन्छ भने अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लीनु हो भन्ने जानिफकारहरुको भनाई छ ।