महासङ्घद्वारा प्र.म.प्रचण्डलाई शुभकामना

0

काठमाडौं श्रावण २२,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधी मण्डलवीच आज विहान विशेष भेटवार्ता भएको छ । वार्ताको क्रममा महासङ्घका प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाइ बधाइ तथा शुभकामना दिदै मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराउँनु भएको थियो ।

तस्विर : प्रधानमन्त्रीको सचिवालय
तस्विर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमनत्री निवास बालुवाटार भएको उक्त भेटवार्तामा महासंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको कार्यकाल सफल र उद्योगी व्यवसायीमैत्री हुने विश्वास समेत व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।  त्यस्तै प्रेस नोटमा प्रधानमन्त्री दाहालले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न आफू इच्छुक रहेको जनाउ दिदै मुलुकको आर्थिक क्षेत्रमा गुणात्मक प्रगतिका लागि निजी क्षेत्रका उद्योगी व्यवसायीले सरकारसँग सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको उल्लेख गरिएको छ । तस्विर :  प्रधानमन्त्रीको सचिवालय