Women in Rotary, Rotary International District 3292, New Generation (Youth Service) र थट्फुल स्टेप्स अर्गनाइजेशनको संयुक्त आयोजनमा चेतना महिला माध्यमिक विद्यालयमा जागरण सम्बाद कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रमको अध्यक्षता Women in Rotary, रमा कँडेलले गर्नु भएको थियो भने New Generation (Youth Service) अध्यक्ष सीता रुपाखेती कार्यक्रम संचालन गर्नु भएको थियो । प्रमुख अतिथि रोटरियन मन्जु कार्की लामिछानेले गर्नुभएको थियो र कार्यक्रमको उद्देश्य थट्फुल स्टेप्स अर्गनाइजेशनका अध्यक्ष गंगा कुमारी लिम्बूले प्रकाश पार्नुभयो । सम्बाद कार्यक्रमको प्रमुख वक्ताहरु लैंगिक समानता र महिला बिकासका विज्ञ शरु जोशी श्रेष्ठ र युवा (डी.क्यू) सम्बन्धी विज्ञ रविन्द्र बासुकला हुनुहुन्थ्यो । सम्बाद कार्यक्रमका विद्यालयका विद्यार्थीहरुलाई जागरण गर्ने उद्देश्यले गरिएको थियो । विद्यार्थीहरुको संख्या लगभग १५० को हाराहारीमा थियो ।
चेतना महिला माध्यमिक विद्यालय २०६२ साल पुष २२ गते स्थापना भएको, ५ जना विद्यार्थीबाट शुरु भयो र अहिले ३०० विद्यार्थीहरु अध्ययनरत छन् | २०६७ देखि S.L.C. दिएर धेरै जनालाई शिक्षित बनाई साक्षरता र स्वबलम्बी बनाई अघि बढेको यो विद्यालय सात जना जुझारु महिलाहरुको सक्रीयतामा स्थापना भई हालसम्म संचालन भएको र दीर्घकालिन लक्ष्य कलेज खोल्ने र कुनै पनि महिलालाई शिक्षाबाट बञ्चित हुन नपरोस्। यस्ता विद्यालयहरु नेपालका ७५ वटै जिल्लाहरुमा पुगोस् भन्ने सन्देशका साथ आजका कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख वक्ता रविन्द्र बासुकलाले अहिले भएको सञ्चारमा भएको बिकासले ल्याएका नराम्रा कुराहरु जस्तै साइबक्रमबाट आजको पुस्ताहरुमा परेको नकरात्मक असरलाई कम गर्नको लागि महिला र पुरुष, दाजुभाइ, दिदीबहिनीहरुले अपनाउनु पर्ने होशियारी बारेमा र फेसबुकले श्रीमान श्रीमति बीचको सम्बन्धलाई कसरी फाटो ल्याएको छ भन्ने कुरा समेत दिनुभयो |
त्यस्तै लैंगिक समानता र महिला बिकासका बिज्ञ शरु जोशी श्रेष्ठले हामी महिलाहरु चुलोचौकामा मात्र सिमित नभई हाम्रो राज्यले दिएको अधिकार र सुबिधाहरुलाई प्रयोग गर्नको लागि आफू संकुचित नबनी अघि बढन चेतना महिला माध्यमिक विद्यालयका टिमलाई आग्रह गर्नुभयो र आफूले जानेका सिकेका कुराहरुलाई सिकाउन र आफूले सक्ने सहयोग हरदम गर्न तयार रहेको कुरा व्यक्त गर्नुभयो ।
त्यस्तै थट्फुल स्टेप्स अर्गनाइजेशनका अध्यक्ष गंगा कुमारी लिम्बूले हालसम्म महिलाहरु शिक्षित बनाउनलाई विद्यालय गरेको योगदानमा थोरै धेरै हिजोदेखि सहयोग गर्दै आएको र अबको दिनहरुमा पनि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
New Generation (Youth Service)का अध्यक्ष सीता रुपाखेतीले महिलाको मुस्कानमा आफ्नो जीवन देख्ने सधैं अरुको खुशीमा खुशी हुने बानीले चेतना महिला माध्यमिक विद्यालयसँग धेरै नजिक बनाएको र दिनरात चेतना महिला माध्यमिक विद्यालयमा के के योजना लान सकिन्छ भनी योजना बनाई राख्ने र आफूले सधंैभरि सहयोग गर्ने हात खोज्ने र खोजाउने छु भनी प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै गरी चेतना महिला माध्यमिक विद्यालयका कृष्णदेवी श्रेष्ठले आफूले कर्ममा विश्वास गर्ने र कसैसँग हात फैलाउन नसक्नाले शिक्षकहरुलाई प्रयाप्त मात्रामा पारिश्रमिक दिन नसकेको कुरा व्यक्त गर्नुभयो । २०६७ देखि हालसम्म २०३ जनाले एस एल सी र २८३ जनाले ८ कक्षा पास गरेर र एस एल सी. गरेर सबै उच्च शिक्षाको लागि कलेज गएको र केही व्यक्ति रोजगारी गर्दै कलेज पढदै गरेका कुरा व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि रोटरियन मन्जु कार्की लामिछानेले रोटरियन को हुन् भन्ने बारेमा मर्मस्पर्शी भाव जसले निस्वार्थ सेवा गर्ने व्यक्ति सबै नारी, महिला रोटरियन भएको प्रष्टाउन भयो र विद्यालयका महिला बिकासको लागि आफू पुलको कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तमा सभाध्यक्ष रोटरियन रमा कँडेलज्यूले सभामा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई वक्ताहरु बिज्ञ शरु जोशी श्रेष्ठ र रविन्द्र बासुकला, चेतना महिला माध्यमिक विद्यालय र फोटो पत्रकार प्रविन श्रेष्ठलाई प्रदान गर्नुभयो । जागरण कार्यव्रmमका सम्पूर्ण उपस्थित व्यक्तिहरुलाई धन्यबाद दिदैं कार्यक्रमको समापन भयो ।