आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहिबार तोलामा एक्कासी ३ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ५८ हजार ७ सय रुपैंयामा किनबेच भएको छापावाला सुनको मुल्य आज एक्कासी २ सय रुपैयाले घटेर प्रतितोला ५८ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ५८ हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य प्रतितोला ७ सय १५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।